ब्याज वृद्धि विरुद्ध उत्रियो एफएनसीसीआई, अव्यवहारिक निर्णयले सरकारको आर्थिक लक्ष्य सङ्कटमा

बैङ्कको अपरिपक्क निर्णयले सरकारले लिएको ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य र थप पाँच लाख रोजगारी बृद्धिको लक्ष्यलाई ठूला धक्का दिएको महासङ्घका अध्यक्ष भवानी राणाले बताइन । ‘बैङ्कहरुको यो निर्णयले सरकार असफल हुन्छ,’ उनले भनिन्, ‘आर्थिक गतिविधिलाई निरुत्साहित गर्न बैङ्कहरु उद्दत भएका छन् ।’

बैङ्कहरुले अव्यवहारिक रुपमा ब्याजदर बढाएपछि निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)ले विरोध गरेको छ । बैङ्कको अव्यवहारिक र अपरिपक्क निर्णयले नेपालको उद्योग क्षेत्रको प्रतिस्पर्घी क्षमता ह्रास हुन गई नकारत्मक प्रभाव पर्ने एफएनसीसीआईले बताएको छ ।

बैङ्कका कारण निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत बृद्धि भएको छ भने अर्कोतर्फ नया“ परियोजना ल्याउन नसकिरहेको अवस्था छ । विगत दुई वर्षदेखि बैङ्क तथा वित्तीय संस्थाहरुबाट एक तर्फिरुपमा ऋणको ब्याज दर अचानक बृद्धि भएको कारणले गर्दा उद्योग व्यवसाय क्षेत्रले कठिनाइ भोगिरहेको एफएसनसीसीआईले विज्ञप्तीमा उल्लेख गरेको छ ।

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क तथा बैङ्किङ क्षेत्रका जिम्मबार पदाधिकारीलाइ पटक पटक यस विषयमा गम्भीर ध्यानाकषर्ण गर्दा पनि सुनुवाइ नभएको महासङ्घले जनाएको छ । बैङ्कको अपरिपक्क निर्णयले सरकारले लिएको ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य र थप पाँच लाख रोजगारी बृद्धिको लक्ष्यलाई ठूला धक्का दिएको महासङ्घका अध्यक्ष भवानी राणाले बताइन । ‘बैङ्कहरुको यो निर्णयले सरकार असफल हुन्छ,’ उनले भनिन्, ‘आर्थिक गतिविधिलाई निरुत्साहित गर्न बैङ्कहरु उद्दत भएका छन् ।’

अव्यवहारिक ढंगबाट एकतर्फि रुपमा ब्याजदर बढाइदा विगतमा भएको लगानी र आगामी दिनमा हुने लगानीलाई प्रत्यक्ष प्रभाव पारी समग्र अर्थतन्त्र प्रभावित हुने भएकोले अस्वाभाविक तरिकाले भइरहेको ब्याजदर बृद्धिलाई निश्चित सिमा भित्र रहने वातावरण कायम गर्न सरकारसँग माग गरेको छ ।