बन्दै गरेका यी होटल तथा रिसोर्ट्स कुन कुन ठाउँमा हुनेछन् भन्ने प्रश्नको उत्तरमा चौधरीले भनेः, ‘यी होटल गुजरात, बेङ्गलुरुका साथै महाराष्ट्रको सतरा, कराड तथा लोनावालाजस्ता स्थानमा हुनेछन् ।’
चौधरी ग्रुप नेपालको सीजी कर्प ग्लोबलले आफ्नो व्यापार विस्तारका क्रममा सन् २०२० सम्म भारतमा द फर्न होटल्स एन्ड रिसोर्ट्स ब्रान्डअन्तर्गत ७९ होटल परिचालन गर्ने योजना बनाएको छ ।
अहिले भारतमा सो ब्रान्डअन्तर्गत ५३ ओटा होटल सञ्चालनमा छन् ।
‘हामी भारतमा २०२० को अन्त्यसम्म ‘द फर्न होटल्स एन्ड रिसोर्ट्स ब्रान्डअन्तर्गत ७९ ओटा होटल खोल्ने योजना बनाउँदै छौं,’ सीजी कर्प ग्लोबलका अध्यक्ष बिनोद चौधरीले भने, ‘हामी यसबीचमा भारतभरि सो ब्रान्डअन्तर्गत २६ ओटा होटल थप्ने छौं ।’ यी होटलहरु बन्ने क्रमका विभिन्न चरणमा रहेको उनले बताए ।
बन्दै गरेका यी होटल तथा रिसोर्ट्स कुन कुन ठाउँमा हुनेछन् भन्ने प्रश्नको उत्तरमा चौधरीले भनेः, ‘यी होटल गुजरात, बेङ्गलुरुका साथै महाराष्ट्रको सतरा, कराड तथा लोनावालाजस्ता स्थानमा हुनेछन् ।’
कम्पनीले फर्न होटलको अनुसरण गरेको बिजनेस मोडलबारे सोधिएको प्रश्नमा चौधरीले भने, ‘अहिले हामी यी होटलको व्यवस्थापनका लागि फर्नकै मोडल पालना गरिरहेका छौं, तर पछि गएर हामीसँग यस्ता होटल पनि हुनेछन् जसको स्वामित्व तथा व्यवस्थापन दुवै हाम्रो हुनेछ ।’
विविधतापूर्ण समूह सीजी कर्प ग्लोबलले आजका दिनसम्म ३० मुलुकमा ७६ ओटा ब्रान्डसहित १२२ कम्पनीमा दस हजारभन्दा बढी कर्मचारीसहित उपस्थिति जनाएको छ ।
द इकोनोमिक टाइम्सबाट साभार