बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालसहित १८ देशका ३ सय प्रतिनिधि सहित विभिन्न व्यक्तित्वहरुको सहभागिता थियो ।
गैरआवासीय नेपाली सङ्घको दुई दिने एसिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम महिला भेला हङकङमा सम्पन्न भएको छ । सो बैठकको नारा ‘समृद्ध नेपालका लागि लगानी र रोजगारः दायित्व सहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने थियो ।
बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालसहित १८ देशका ३ सय प्रतिनिधि सहित विभिन्न व्यक्तित्वहरुको सहभागिता थियो । बैठकमा परराष्ट्र मन्त्रीले पठाएको सन्देश हङकङका महावाणिज्यदूत कमलप्रसाद भट्टराईले पढेर सुनाएका थिए ।
बैठकमा गरिएका निर्णयहरु
१. गैरआवासीय नेपालीहरुको संयुक्त पहलमा हुने विभिन्न साना तथा मभ्mयौला लगानीलाई प्रोत्साहन गरी भावनात्मक र व्यावसायिक रुपमा प्रवद्र्धन गर्न र कानुनी सरलता र सहजीकरणका लागि नेपाल सरकारलाई अनुरोध गर्ने ।
२. वैदेशिक रोजगारबाट विभिन्न ज्ञान, सीप र प्रविधि सिकेर फर्किएका नेपालीलाई आर्थिक सहयोग पुर्याई मुलुकको समृद्धिलाई सहयोग गर्न २० करोडको पुँजीको लगानीमा एनआरएन लघुवित्त संस्था खोलिने ।
३. म्याग्दी जिल्लाको कुईने मङ्गले गाउँपालिकाअन्तर्गत पर्ने ठूलो खोलामा ३५४ मिटर हेड भएको मध्यमस्तरको जलविद्युत् आयोजना सम्पन्न गर्न नेपालभित्र र गैरआवासीय नेपालीको संयुक्त पहलमा ऊर्जा कम्पनी खडा भइसकेको छ । आर्थिक रुपमा अत्यन्त आकर्षित सो आयोजनामा संसारभरिका गैरआवासीय नेपालीलाई संयुक्त लगानीमा साझेदारी गर्न बैठक आव्हान गर्ने ।
४. नेपाल सरकारसँगको सहकार्यमा १०० मिलियन डलरको म्युचुअल इन्भेस्टमेन्ट भेहिकल खडा गरेर साना तथा ठूला लगानी गर्न सक्ने सबै नेपालीलाई लगानी गर्ने वातावरण बनाई देशको पूर्वाधार निर्माणमा लगानी गर्ने ।
५. नेपालको ऐतिहासिक महत्त्व राख्ने सिन्धुलिगढी परियोजनाका लागि नेपाल सरकार र स्थानीय सरकारसँग पहल गरी साझेदारी मोडेलमा विकास गर्न पहल गर्ने ।
६. नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्शसँग सहकार्य गरेर विश्वका २० विकसित देशहरुसँग आर्थिक विकास सम्झौता (ईडीए), द्वैध कर निषेध सम्झौता (डीटीए) र विप्पा सम्झौता गराउन पहल गर्ने ।
७. गैरआवासीय नेपाली सङ्घको संलग्नतामा खडा भएको उज्यालो नेपाल फाउन्डेसनमार्पmत् देशमा १ करोड पुराना चिमबत्तीलाई आधुनिक एलईडीमा परिवर्तन गरी ३०० मेगावाट किफायत गराउने परियोजनालाई अगाडि बढाउने ।
८. ६० प्रतिशत नेपाली संलग्न भई देशको ३५ प्रतिशत जीडीपी धानिरहेको कृषि क्षेत्रलाई आधुनिक कृषिमा परिवर्तन गर्नको लागि विदेशमा सिकेको कृषिसम्बन्धी सीपलाई नेपालमा भित्र्याई आधुनिक कृषि क्षेत्रका परियोजना अगाडि बढाउने ।
९. संविधानको धारा २९१ ले कुनै देशको स्थायी बसोबासको अनुमति लिएर बसिरहेका नेपाली नागरिकको मौलिक अधिकारलाई कटौती गरेको छ । हङकङलगायत कतिपय मुलुकमा स्थायी बसोबास अनुमति प्राप्त भएपछि चाहेर पनि परित्याग गर्ने कुनै प्रावधान नभएकाले स्वदेश फिर्ता भएर नेपाली नागरिकका रुपमा मौलिक हकको उपभोग गर्न नपाइने अवस्था भएकाले संविधानको धारा २९१ को खारेजी गर्न नेपालका सबै राजनीतिक दल र सङ्घीय संसदलाई अनुरोध गर्ने ।
१०. गैरआवासीय नेपाली नागरिकता उपलब्ध गराउन संविधानमा व्यवस्था भएकोलाई यो बैठकले स्वागत गर्दै अब बन्ने कानुन र ऐनमा नेपाली नागरिक सरहको अधिकार सुनिश्चित गर्न आग्रह गर्ने ।
११. गैरआवासीय नेपाली सङ्घ महिला फोरमले हालसम्म गरेका कार्यहरुको प्रशंसा गर्दै महिलाको उद्यमशीलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने र महिलालाई लगानीका क्षेत्रमा अघि बढाउने, महिला फोरमको सक्रियतामा गत वर्षबाट सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानमा महिलाको सहभागिता बढाउने अभिप्रायले हरेक राष्ट्रिय समन्वय परिषदमा यथासम्भव महिला सहभागिता सुनिश्चित गराउने ।
१२. एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई सङ्घको मूलधारमा समाहित गर्दै देशको सर्वाङ्गीण विकासमा हातेमालो गर्न सरोकार व्यक्ति तथा निकायहरुलाई अनुरोध गर्ने । विदेशमा नेपाली पाठ्यक्रमअनुसार सञ्चालन भइरहेका विद्यालयलाई मान्यता दिई परीक्षा प्रणालीलगायतका सहजीकरणका काम सरल रुपमा गर्न र दूतावासमार्फत् निरीक्षणको व्यवस्था मिलाउन नेपाल सरकारलाई अनुरोध गर्दै बालबालिकालाई नेपाली भाषा, लिपि, संस्कार र संस्कृति सिकाउने कार्य गर्न अपिल गर्ने ।
१३. वैदेशिक रोजगारमा गई विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्धार तथा सहयोगका लागि भइरहेका कार्यलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने ।
१४. भूतपूर्व गोरखा सैनिकका जायज मागलाई सम्बोधन गर्न सम्बन्धित निकायमा पहल गर्न नेपाल सरकारसँग अनुरोध गर्ने ।