काठमाडौं । रसुवाको धुन्चेबाट प्रहरीले अवैध भन्सार छलीको २ किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ । सोमबार बिहान प्रहरीले अवधै भन्सार छलीको २ किलो सुन सहित गोसाइँकुन्ड गाउँपालिका १ का निमा दोर्जेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
टाटा सुमोमा सुन काठमाडौं लैजादै गरेको बेला सुन सहित दोर्जेलाई प्रहरीले रसुवाबाट पक्राउ गरेको हो । प्रहरीले बरामद गरेको सुन चीनबाट पैदलमार्ग हुँदै रसुवा ल्याइएको हुनसक्ने प्रहरीले जनाएको छ । सुन सहित पक्राउ परेका दोर्जेलाई प्रहरी थुनामा राखि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।