नेपाल उद्यमशील महिला महासङ्घले पत्रकार सम्मेलन गरी घरेलु उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुस ५ देखि ९ गतेसम्म काठमाडौं, भृकुटीमण्डपमा मेलाको आयोजना गर्न लागिएको महासङ्घकी अध्यक्ष देविका बुढाथोकीले जानकारी दिएकी छन् ।
काठमाडौं : नेपाल उद्यमशील महिला महासङ्घको आयोजनामा आगामी पुस ५ देखि ९ गतेसम्म पाँचदिने ‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ आयोजना गरिने भएको छ ।
नेपाल उद्यमशील महिला महासङ्घले पत्रकार सम्मेलन गरी घरेलु उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुस ५ देखि ९ गतेसम्म काठमाडौं, भृकुटीमण्डपमा मेलाको आयोजना गर्न लागिएको महासङ्घकी अध्यक्ष देविका बुढाथोकीले जानकारी दिएकी छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले उद्घाटन गर्ने मेलामा सातै प्रदेशका महिला उद्यमीको उपस्थिति रहने अध्यक्ष बुढाथोकीले बताइन् । मेलामा सातै प्रदेशमा रहेर स्थानीय उत्पादनमा सक्रिय रहेका महिला उद्यमीहरुको उपस्थिति रहने मेलामा स्थानीय उत्पादनको प्रदर्शन गरिनेछ ।
केही समय पहिले चीनमा घाँसबाट बनेको झोलाको माग उपलब्ध गराउन नसकिएको, स्थानीय स्रोत साधानको प्रयोग गरी निर्माण गरिएका सम्भावित कच्चापदार्थबाट निर्मित साम्रगीको बजार विस्तार गर्ने र चीनमा अपुग भएका सामग्री सङ्कलन गरी परिपूर्ति गर्ने अध्यक्ष बुढाथोकीको भनाइ छ ।