५ सय र २ हजारपछि २ सय दरको भारु नेपालमा प्रतिबन्ध

काठमाडौंः भारत सरकारले भर्खरै प्रचलनमा ल्याएको दुई सय रुपैयाँ भारु नेपालमा प्रचलनमा नल्याउने निर्णय भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा दुई सय रुपैयाँको (भारु) प्रचलनमा नल्याउने निर्णय गरेको हो ।

पाँच सय र दुई हजार नोटका भारु यसअघि नै नेपालमा प्रचलनमा छैन । मन्त्रिपरिषद बैठकको निर्णयपछि नेपालमा २ सय, ५ सय तथा २ हजार दरका भारतीय रुपैयाँ प्रचलनमा नआउने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।