मूल्यवृद्धि फिर्ता लिन महासङ्घको माग

निर्माण सामग्रीको मूल्य बढेसँगै देशको अर्थतन्त्रमा समस्या पर्ने भन्दै अविलम्ब विनासर्त फिर्ता लिन मन्त्रीलाई महासङ्घले आग्रह गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग इन्धन, फलाम, सिमेन्ट, गिटी, बालुवालगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता गराउन आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठको नेतृत्वमा गएको टोलीले निर्माण सामग्रीको मूल्य बढेर व्यवसायी र जनता मारमा परेको भन्दै मूल्यवृद्धि फिर्ताको माग गरेको हो । निर्माण सामग्रीको मूल्य बढेसँगै देशको अर्थतन्त्रमा समस्या पर्ने भन्दै अविलम्ब विनासर्त फिर्ता लिन मन्त्रीलाई महासङ्घले आग्रह गरेको छ । व्यवसायीले सडक विभागअन्तर्गतका सडक आयोजना समयमै सम्पन्न गरे तापनि बजेट निकासा नभएको र व्यवसायीहरु ठूलो आर्थिक समस्यामा परेको भन्दै समयमा बजेट निकासा गर्न मन्त्रीसमक्ष आग्रह गरेका थिए ।

स्थानीय तहमा बजेट बाँडफाँट गर्दा माथिल्लो तहमा रकमको कमी भएर निकासामा ढिलाइ भएकाले प्रक्रिया मिलाएर तत्काल भुक्तानी गर्ने वातावरण मिलाउन सरकार गम्भीर रहेको अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै महासचिव रामशरण देउजाले जानकारी दिए ।