ग्रामीण विकास केन्द्रद्वारा विपन्न परिवारलाई २० लाख सहयोग

केन्द्रले काठमाडौं नैकापका गोपाल रोक्का, सतुङ्गलका भीमबहादुर महर्जन, विशाल मिया, ममता निरौला, गीता खडका, कोटेश्वरका दिलकुमार गुरुङ्, मोहम्मद फिरोज, बुढानीलकण्ठका अनिता थापामगर र ललितपुर चापागाँउकी रेणु गिरी, पञ्चकुमारी राई, खोकनाका मोते मियालाई खुद्रा किराना पसल खोल्न जनही एक लाख ८० हजार बराबरको सहयोग हस्तान्तरण गरेको छ ।

ग्रामीण विकास केन्द्र (आरडीसी)ले विपन्न परिवारलाई व्यवसाय सञ्चालनका लागि करिब बीस लाख बराबरको सहयोग गरेको छ । केन्द्रले विपन्न परिवारलाई किराना पसल स्थापना गर्नमा मद्दत गरेको हो  ।

केन्द्रले काठमाडौं नैकापका गोपाल रोक्का, सतुङ्गलका भीमबहादुर महर्जन, विशाल मिया, ममता निरौला, गीता खडका, कोटेश्वरका दिलकुमार गुरुङ्, मोहम्मद फिरोज, बुढानीलकण्ठका अनिता थापामगर र ललितपुर चापागाँउकी रेणु गिरी, पञ्चकुमारी राई, खोकनाका मोते मियालाई खुद्रा किराना पसल खोल्न जनही एक लाख ८० हजार बराबरको सहयोग हस्तान्तरण गरेको छ । हरेक विपन्न परिवारलाइ सो रकम बराबरको किराना पसलका लागि आवश्यक सामग्री वितरण गरिएको आरडीसीका अध्यक्ष पारस हुसैनले जानकारी दिए ।

रौतहटमा केन्द्रीय कार्यालय रहेको केन्द्रले पश्चिम एशियाली दाता संस्था कतार च्यारिटीमार्फत् प्राप्त सहयोग वितरण गरेको जनाएको छ । सो अवसरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद् अतहर कमाल मुसलमानले कतार च्यारिटीले गरेको सहयोगको प्रशंसा गरे ।

कार्यक्रममा कतार च्यारिटीका नेपाल प्रतिनिधि अब्दुल अजिज, इस्लामिक रिलिफका नेपाल निर्देशक तलाह जमाल, मुस्लिम अधिकारकर्मी मो. मकसुद राँकी, विश्व शिक्षाका समिन अख्तर, समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बराल लगायतको उपस्थिति थियो । कतार च्यारिटी र इस्लामिक रिलिफले सन् २०१५ देखि नेपालमा सहायता परियोजना चलाइरहेका छन् ।