चीनको हुपेई प्रान्त नेपालमा लगानी गर्न इच्छुक

नेपालमा लगानीका सम्भाव्यताका विषयमा अध्ययन गर्न आएको उक्त प्रतिनिधिमण्डललाई महासंघका तर्फबाट व्यवसायिक कृषि, पूर्वाधार (सडक, पुल, टनेल, एयरपोर्ट), पर्यटन, उर्जा, सूचना प्रविधि, उत्पादनमुलक उद्योग लगायतका क्षेत्रमा लगानी गर्न आव्हान गरियो । उपाध्यक्ष ढकालले महासंघले सन् २०१९ को मार्चमा आयोजना गर्ने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा हुपेई प्रान्तको महत्वपूर्ण सहभागिताका लागि निम्तो समेत दिए ।

चीनको हुपेई प्रान्त नेपालमा लगानी गर्न इच्छुक जनाएको छ । रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकालको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू र चीनको हुपेई उद्योग वाणिज्य महासंघ तथा हुपेई प्रान्तीय उद्योग वाणिज्य संघका उपाध्यक्ष चाओ सुफेङको नेतृत्वमा नेपाल भ्रमणमा आएको चिनिया“ व्यावसायिक प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता मा लगानीका लागी इच्छा राखेको हो ।

भेटवार्तामा नेपाली र चिनिया“ उद्यमी व्यवसायी बीच नेपाल–चीन आर्थिक व्यवसायिक सम्बन्ध, संयुक्त लगानी विस्तार, वैदेशिक लगानी सम्बन्धी नीतिगत व्यवस्था लगायतका विषय भएको हो । सो अवसरमा प्रतिनिधिमण्डलको स्वागत गर्दै महासंघका उपाध्यक्ष ढकालले नेपालमा लगानीको वातावरण, विदेशी लगानी सम्बन्धी विद्यमान नीतिगत व्यवस्थाका विषयमा स्पष्ट पारे। नेपालमा यतिखेर लगानीका लागि सवैभन्दा उपयुक्त समय भएको समेत बताउँदै चीनबाट अझै धेरै लगानीको अपेक्षा नेपालले गरेको पनि उनले बताए ।

नेपालमा लगानीका सम्भाव्यताका विषयमा अध्ययन गर्न आएको उक्त प्रतिनिधिमण्डललाई महासंघका तर्फबाट व्यवसायिक कृषि, पूर्वाधार (सडक, पुल, टनेल, एयरपोर्ट), पर्यटन, उर्जा, सूचना प्रविधि, उत्पादनमुलक उद्योग लगायतका क्षेत्रमा लगानी गर्न आव्हान गरियो । उपाध्यक्ष ढकालले महासंघले सन् २०१९ को मार्चमा आयोजना गर्ने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा हुपेई प्रान्तको महत्वपूर्ण सहभागिताका लागि निम्तो समेत दिए ।

कार्यक्रममा चिनिया“ पक्षबाट हुपेई प्रान्तले गरेको विकासको अनुभव, उच्च प्रविधि तथा पू“जी मार्फत नेपालको विकासमा सहयोग गर्न तिव्र इच्छा व्यक्त गरियो । प्रतिनिधिमण्डलका नेता एवं हुपेई उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाओ सुफेङले नेपालको विकासमा हुपेई प्रान्त सहयोग गर्न आतुर रहेको स्पष्ट परे । सो अवसरमा चिनिया“ पक्षबाट व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदानमा समेत जोड दिइयो । साथै सो अवसरमा भएको छलफलमा नेपालको जलविद्युत विकासमा सहकार्य गर्ने विश्वास चिनिया“ पक्षबाट व्यक्त भएको थियो ।