हाउजिङ १५ तलाको हुने छ । हाउजिङमा २४० ओटा बेड हुने छन् भने ८ ओटा लिफ्ट रहने छन् ।
काठमाडौं : गण्डकी प्रदेशको राजधानी पोखरामा हाउजिङ निर्माण हुने भएको छ । बी एन्ड बी हाउजिङ कम्पनी प्रालिले पोखरा महानगरपालिका वडा नं १८ सेदीको करिब ३८.५ रोपनी क्षेत्रफलमा हाउजिङ निर्माण गर्न लागेएको जनाएको छ ।
हाउजिङ १५ तलाको हुने छ । हाउजिङमा २४० ओटा बेड हुने छन् भने ८ ओटा लिफ्ट रहने छन् । यस्तै ३ तला पार्किङसहितको आवासीय भवन गरी जम्मा २ ओटा आवसीय भवन, व्यापारिक भवन, रुफ टप रेष्टुरेन्ट, रुफ टप बगैँचा तथा मन्दिरसहितको बी एन्ड बी लेक भ्यू रिसोर्ट अपार्टमेन्ट परियोजना निर्माण तथा सञ्चालन गर्न लागिएको जनाएको छ । कम्पनीले परियोजना सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)का लागि सोमबार एक सूचना प्रकाशित गरेको छ ।
परियोजना निर्माणका क्रममा स्थानीय भौतिक, जैविक, सामाजिक, आर्थिक एवम् साँस्कृतिक वातावरणमा के कस्ता प्रभाव पर्न सक्छन् भन्नेबारे ईआईएको क्षेत्र निर्धारण गर्ने सिलसिलामा सो स्थानको स्थानीय तह, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव पन्ध्र दिनभित्र पठाउन अनुरोध गरेको छ ।