नेपाल भारत क्रस बोर्डर सिम्पोजियमको उद्धघाटन कार्यक्रममा बोल्दै अध्यक्ष राणाले यस कार्यक्रमले दुई देशका व्यवसायीको लगानी गर्ने वातावरण सुधार्न र व्यापार बढाउन सघाउ पुर्याउने बताइन् । उनले प्रदेश १ मा नेपाल तथा भारतका लगानीकर्ताले संयुक्तरुपमा लगानी गरी आर्थिक उन्नति गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरेकी छिन् ।
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले प्रदेश १ औद्योगिक हब बन्न सक्ने बताएकी छन् । कृषि, पर्यटन तथा जलविद्युत् क्षेत्रको ठूलो सम्भावना रहेकाले त्यसतर्फ लगानीकर्तालाई आकर्षण गर्न सके औद्यौगिक हब बन्ने बताएकी हुन् ।
नेपाल भारत क्रस बोर्डर सिम्पोजियमको उद्धघाटन कार्यक्रममा बोल्दै अध्यक्ष राणाले यस कार्यक्रमले दुई देशका व्यवसायीको लगानी गर्ने वातावरण सुधार्न र व्यापार बढाउन सघाउ पुर्याउने बताइन् । उनले प्रदेश १ मा नेपाल तथा भारतका लगानीकर्ताले संयुक्तरुपमा लगानी गरी आर्थिक उन्नति गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरेकी छिन् ।
सोही अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले प्रदेश १ भारतका तीन ओटा राज्य जस्तै सिक्किम, बिहार तथा वेस्ट बङ्गालसँग जोडिएकाले आर्थिक उन्नतिका लागि ठूलो अवसर भएको कुरा बताए । त्यस क्षेत्रको विकासका लागि भारत धेरै सकारात्मक भएको राजदूत सिंहको भनाइ छ ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक रुपले धेरै प्रगति गर्ने प्रदेश भएको हुनाले आफू नेपाल उद्योग वाणिज्य सङ्घसँग मिलेर काम गर्न इच्छुक रहेको बताए । उनले निजी क्षेत्रसँग सहकार्य गर्न आफु तयार रहेको जानकारी दिए । त्यस्तै नेपाल उद्योग वाणिज्य महासङघका उपाध्यक्ष किशोर प्रधानले प्रदेश १ का व्यवसायीहरुले विभिन्न समस्या भोगिरहेका र दुई देशका बीचमा राम्रो सम्बन्ध विकास गरी समस्या समाधान गर्न अगाडि बढ्नुपर्ने बताए ।