ऊर्जा क्षेत्रमा रहेका समस्या हल गर्न र ऊर्जामा लगानी गर्ने लगानीकर्ता र व्यवसायीलाई प्रोत्साहन गर्नेतर्फ सरकारको ध्यान अघि बढेको बताए । ‘सरकारले दस वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्न आयोजनाको पीपीए ‘टेक अर पे’ मार्फत गर्छ,’ उनले भने, ‘विद्युत्को बजार र मागको जिम्मा विद्युत् प्राधिकरणले लिएको छ ।’
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आगामी दस वर्षमा आन्तरिक खपतसहित १५ हजार मेगावाट विद्युत् उत्पादनका लागि आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) ‘टेक अर पे’मा हुने बताएका छन् । निक इलेक्ट्रिक प्रदर्शनी मेलाको उद्घाटन गर्दै मन्त्री पुनले आयोजनाको पीपीए टेक अर पेमा गरिने हुँदा ऊर्जा क्षेत्रको समस्या हल भएको बताए ।
ऊर्जा क्षेत्रमा रहेका समस्या हल गर्न र ऊर्जामा लगानी गर्ने लगानीकर्ता र व्यवसायीलाई प्रोत्साहन गर्नेतर्फ सरकारको ध्यान अघि बढेको बताए । ‘सरकारले दस वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्न आयोजनाको पीपीए ‘टेक अर पे’ मार्फत गर्छ,’ उनले भने, ‘विद्युत्को बजार र मागको जिम्मा विद्युत् प्राधिकरणले लिएको छ ।’
मन्त्री पुनले आगामी दस बर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनका लागि सरकारले नीतिगत रुपमा प्रसारण लाइन, सबस्टेसन निर्माण र आयोजना निर्माण जोड दिइएको बताए । उनले विद्युत्को माग बढाउन विद्युतीय उपकरणमा जोड दिन व्यवसायीलाई आग्रह गरे ।
ऊर्जा मन्त्री पुनले औद्योगिकीकरण र व्यवसायीकरणमार्फत् देशको समृद्धिको आधार ऊर्जा क्षेत्र भएकाले जलविद्युत् उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढेको बताए । मन्त्री पुनले आगामी दशक ऊर्जा दशक भएकाले मुलुकलाई दोहोरो आर्थिक बृद्धिदरको दिशातर्फ अघि बढाइने बताए ।
‘हाम्रो प्राथमिकता नेपालमै विद्युत् खपत बढाउने हो । त्यसका लागि औद्योगिकीकरण र व्यवसायीकरणमा जोड दिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि विद्युतीय सवारी, इलेक्ट्रिक चुल्हो जस्ता उपकरणमा जोड दिनैपर्छ ।’
वार्षिक २ खर्बको पेट्रोलियम, १८ अर्बको विद्युत् र ४० अर्बको एलपी ग्याँस भारतबाट आयात भएको भन्दै मन्त्री पुनले आगामी पाँच वर्षभित्र आयातजन्य वस्तु विस्थापित गरी ऊर्जामा आत्मनिर्भर बनाउने मन्त्री बताए । विद्युत् नियमन आयोग गठनपछि ऊर्जा क्षेत्रमा भएका समस्या समाधान हुने मन्त्री पुनको भनाइ छ ।