गत कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत छ । सञ्चिति पर्याप्तता सूचकहरु आर्थिक वर्ष २०७५÷७६ को चार महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.२ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
काठमाडौं । आयात बढ्दै गएपछि विदेशी मुद्रा सञ्चिति पनि घटेको छ । चालू आर्थिक वर्षको ४ महिनामा विदेशी मुद्रा सञ्चिति १.८ प्रतिशत घटेर १० खर्ब ८२ अर्ब ९१ करोडमा सीमित भएको छ । गत असारमा सञ्चिति ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा आयातको वृद्धिदर ३५.८ प्रतिशत र निर्यातको ११.० प्रतिशत छ ।
गत कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत छ । सञ्चिति पर्याप्तता सूचकहरु आर्थिक वर्ष २०७५÷७६ को चार महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.२ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
समीक्षा अवधिमा चालू खाता घाटा बढेर ८८ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४८ अर्ब ९८ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोड रुपैयाँ घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ अर्ब ४० करोड रुपैयाँ बचतमा थियो ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनामा २ करोड २३ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ५० करोड ३६ लाखले घाटामा छ ।