अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो । गत वर्षको सोही अवधिमा २ खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ थियो ।
काठमाडौं । अमेरिकी डलर महँगिएपछि विदेशबाट पठाउने विप्रेषण (रेमिट्यान्स) बढेको छ । चालू आर्थिक वर्षको ४ महिनामा विप्रेषण आप्रवाह ३६.४ प्रतिशत बढेर ३ खर्ब १२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो । गत वर्षको सोही अवधिमा २ खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।
अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २७.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या १ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको सङ्ख्या उल्लेख्य मात्रामा घटेको छ ।