ऋण विस्तारमा बैङ्कहरु आक्रामक, ४ महिनामा ऋण २०२ अर्ब, निक्षेप ११५ अर्ब

गत कात्तिकसम्म बैङ्कहरुले १ खर्ब १५ अर्ब ५८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेर २ खर्ब २ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । ४ महिनामा झन्डै ८७ करोड रुपैयाँ बढी कर्जा लगानी गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

काठमाडौं । चालू आर्थिक वर्षको ४ महिनामा बैङ्कहरुले निक्षेप सङ्कलनको तुलनामा कर्जा लगानी बढी गरेका छन् । गत कात्तिकसम्म बैङ्कहरुले १ खर्ब १५ अर्ब ५८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेर २ खर्ब २ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । ४ महिनामा झन्डै ८७ करोड रुपैयाँ बढी कर्जा लगानी गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा गत कात्तिकमा बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप १७.९ प्रतिशतले बढेको छ । बैङ्क तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.७, ३४.७ र ४६.२ प्रतिशत छ ।

कात्तिक मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४४.८ प्रतिशत थियो ।

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैङ्कहरुको कर्जा ८.३, विकास बैङ्कहरुको ११.२ र वित्त कम्पनीहरुको ५.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २४.५ प्रतिशतले बढेको छ । कुल कर्जामध्ये ६३.२ कर्जा घर जग्गाको धितोमा र १४.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।