उत्तर प्रदेशका मुख्य  मन्त्री आदित्यनाथ र उद्योग बाणिज्य महासघंका अध्यक्ष राणाबीच भेटबार्ता

मुख्य मन्त्री आदित्यनाथले नेपालमा धार्मिक पर्यटन,हर्वल प्रडक्ट,एग्रिकल्चरमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै नेपालको बोडरसम्म रेल र बस सेवा विस्तार गर्ने योजना समेत आफुहरुको रहेको बताए । नेपाल र उत्तर प्रदेशबीच संम्बन्ध विस्तारको लागि आफुहरु सदैव तयार रहेको योगि आदित्यनाथको भनाइ रहेको छ ।

काठमाडौं : भारतको उत्तर प्रदेशका मुख्य मन्त्री योगि आदित्यनाथ र नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा बीच भेटबार्ता भएको छ । सोमबार भएको भेटमा नेपालको पर्यटन क्षेत्रमा सहयोग गर्न अध्यक्ष राणाले मुख्य मन्त्री आदित्यनाथलाई अनुरोध गरेकी छिन् ।

भेटमा अध्यक्ष राणाले मानसरोबर जानका लागि नेपालगञ्जमा गेट वे बनाउने, हर्वल प्रडक्ट,एग्रिकल्चर, लुम्बिनी र बोदगयालाई बुद्धिष्ट सर्किटको रुपमा विस्तार गर्ने विषयमा छलफल केन्द्रित भएको थियो ।

यसैबीच मुख्य मन्त्री आदित्यनाथले नेपालमा धार्मिक पर्यटन,हर्वल प्रडक्ट,एग्रिकल्चरमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै नेपालको बोडरसम्म रेल र बस सेवा विस्तार गर्ने योजना समेत आफुहरुको रहेको बताए । नेपाल र उत्तर प्रदेशबीच संम्बन्ध विस्तारको लागि आफुहरु सदैव तयार रहेको योगि आदित्यनाथको भनाइ रहेको छ ।

उनले उद्योग बाणिज्य महासंघका अध्यक्ष राणाले राखेको प्रस्तावहरु आफुहरु मान्न तयार रहेको बताउदै आपसी समझदारीमा पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने आश्वासन दिएका छन् । महासंघका अध्यक्ष राणा सँगै मुख्य मन्त्रीलाई भेट्नका लागि पाँच नम्बर प्रदेशका उद्योगी एवंम व्यवसायीहरु उत्तर प्रदेशमा पुगेका छन् ।

पछिल्लो समय उत्तर प्रदेशबाट धेरै पर्यटकहरु नेपालगञ्ज हुँदै कैलास मानसरोबर जाने गरेका छन् । भ्रमण बर्ष २०२० नजिकिए सँगै पर्यटक भित्राउनका लागि नेपाल उद्योग बाणिज्य महांसघले विभिन्न गतिविधिहरु गर्दै आएको छ । महासघंका अध्यक्ष राणा र उत्तर प्रदेशका मुख्य मन्त्री संगको यो भेटले पनि नेपालको पर्यटन क्षेत्रमा ठूलो सहयोग पुग्ने अपेक्षा लिइएको छ ।