५ महीनामा ३०७ अर्ब राजश्व सङ्कलन, पुँजीगत खर्च न्युन

यस्तै वैदेशिक सहायतातर्फ प्रमथ पाँच महीनामा ऋणतर्फ ९३ अर्ब ६९ करोड र अनुदानतर्फ १८ अर्ब ४४ करोड गरी कूल १ खर्ब १२ अर्ब १३ करोड रुपैयाँ परिचालन भएको छ । सरकारले हालसम्म आन्तरिक ऋण परिचालन गरेको छैन ।

काठमाडौं । चालू आर्थिक वर्षको ५ महीनामा ३ खर्ब ७ अर्ब २३ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । अर्थ मन्त्रालयका अनुसार सो अवधिमा कर तथा गैरकर राजश्वसमेत गरी उक्त परिमाणमा राजश्व सङ्कलन भएको हो । प्रथम चौमासिकमा पूँजीगत खर्च भने १३.५ प्रतिशत मात्रै भएको छ । विकास निर्माणको काममा उल्लेख्य खर्च हुन नसकेको मन्त्रालयको समीक्षाले समेत देखाएको छ । यस्तै चालू खर्च भने १४ प्रतिशत रहेको छ ।

यस्तै वैदेशिक सहायतातर्फ प्रमथ पाँच महीनामा ऋणतर्फ ९३ अर्ब ६९ करोड र अनुदानतर्फ १८ अर्ब ४४ करोड गरी कूल १ खर्ब १२ अर्ब १३ करोड रुपैयाँ परिचालन भएको छ । सरकारले हालसम्म आन्तरिक ऋण परिचालन गरेको छैन । अर्थका अनुसार सोमबार सम्पन्न समीक्षा बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले पूँजीगत खर्च बढाउनुपर्नेमा जोड दिए।

अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रालय र मातहतका निकायबाट सम्पादन हुने कार्यलाई अझ बढी प्रभावकारी, गुणस्तरीय तथा मापनयोग्य बनाउन जोड दिएका थिए । बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मासिक रुपमा प्रगति समीक्षा गर्ने, नयाँ तर्जुमा गर्नुपर्ने र संशोधन गर्नुपर्ने कानूनको कार्य शीघ्र अघि बढाउने, पूँजीगत खर्चमा जोड दिने तथा बजार अनुगमनलाई तीव्रता दिन निर्देशन दिए । रासस