सिन्धुली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ढकालले उक्त कुरा उल्लेख गरेका हुन् ।
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । सिन्धुली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ढकालले उक्त कुरा उल्लेख गरेका हुन् ।
देशको विकासका लागि मलेशियाको प्रसङ्ग उल्लेख गर्दै निजी क्षेत्रको सहभागिताले देशको चौतर्फी विकाशमा मुख्य भूमिका खेल्ने विचार व्यक्त गरेका थिए । कार्यक्रम अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सन् २००१ मा स्थापना भएको आईएमई ग्र्रुपले रेमिटेन्स, बैङकिङ, सूचना–प्रविधि, ऊर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालिटी लगायतका विभिन्न क्षेत्रमा लगानी गरेको छ ।