जग्गामा मोहियानी हक नलाग्ने, जग्गा बाँडफाँटको निवेदन दिने म्याद माघ १५ सम्म

जग्गाको दोहोरो स्वामित्व अन्त्य गर्न मोही लागेको जग्गाधनी र मोही दुवैले वा कुनै एक पक्षले मोही लागेको जग्गा बाँडफाँट गरी लिनका लागि निवेदन दिने म्याद थप गरेको हो । पुस १६ गतेबाट बढाएर माघ १५ गतेसम्म समय थप गरिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं : सरकारले जग्गामा मोहियानी हकको अन्त्य गर्न लागेको छ । अब जमिनमा मोहियानी हक नलाग्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जमिनमा मोहियानी हक कायम नहुने जानकारी गराएको छ ।

जग्गाको दोहोरो स्वामित्व अन्त्य गर्न मोही लागेको जग्गाधनी र मोही दुवैले वा कुनै एक पक्षले मोही लागेको जग्गा बाँडफाँट गरी लिनका लागि निवेदन दिने म्याद थप गरेको हो । पुस १६ गतेबाट बढाएर माघ १५ गतेसम्म समय थप गरिएको मन्त्रालयले जनाएको छ ।

पहिला निवेदन दिइसकेकाको जग्गा बाँडफाँट ०७६ भदौ ४ गते सकिने मन्त्रालयले जानकारी दिएको छ । सो अवधिभित्र बाँडफाँट नटुङ्गिए कानुनबमोजिम हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

गत असारमा मन्त्रालयले भदौ ४ गतेभित्र मोहियानी हकसम्बन्धी निवेदन पेस गर्न आग्रह गरेको छ । २०७६ भदौ ४ गतेभित्र मोहियानी हकसम्बन्धी निवेदनको छिनोफानो गरेर जमिनमा कायम रहेको दोहोरो स्वामित्वको अन्त्य गर्न लागेको हो । २०७५ भदौ ४ गतेभित्र मोहियानी हक कायम रहेका मोहि तथा जग्गा धनीहरुले आवेदन दिन सक्नेछन् । २०७६ भदौ ४ गतेभित्र जग्गामा कायम रहेको द्वैध स्वामित्वको अन्त्य गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयले गत बैशाख २३ गते सार्वजनिक गरेको मार्गचित्र २०७५ मा एक वर्षभित्र मोहीसम्बन्धी समस्या पूर्णतः समाधान गर्ने नीति लिइएको थियो । मन्त्रालयले मोहियानी समस्या समाधान एकाइ गठन गरेर जमिनमा कायम रहेको द्वैध स्वामित्व अन्त्य गर्न लागेको हो ।