पेट्रोलियम पदार्थको भाउ २ रुपैयाँ घट्यो

यस समायोजन बमोजिम काठमाडौंको नयाँ खुद्रा विक्रीमूल्य पेट्रोल १०८ प्रतिलिटर भएको छ भने डिजेल र मट्टितेल ९५ रुपैयाँमा आएको छ । अन्य पदार्थहरुको मूल्य यथावत राखिएको छ ।

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

पेट्रोलको मूल्य लिटरको १०८ र डिजेल तथा मट्टीतेलको ९५ रुपैयाँ निर्धारण गरिएको गोइतले जानकारी दिए । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन ।

निगमलाई अझै करिब २ अर्ब ३७ करोड रुपैयाँ पूर्ति हुन बाँकी रहेको निगमले जनाएको छ । बढेको मूल्य आज राती १२ बजेबाट कार्यान्वयनमा आउने निगमले जनाएको छ ।