सरकारद्वारा उखुको खुद्रा मूल्य निर्धारण, प्रतिक्विन्टल ५३६ रुपैयाँ

गत शुक्रबार र सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

काठमाडौं : सरकारले उखुको खुद्रा मूल्य निर्धारण गरेको छ । गत शुक्रबार र सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री बास्कोटाले उखु उत्पादक कृषकले सीधै भुक्तानी पाउने गरी उखु कृषकलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५ बमोजिम प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान उपलब्ध गराउन अर्थमन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई रकम निकासा गरिने जानकारी दिए ।

चिनी मिलहरुले सम्बन्धित उखु कृषकलाई प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँ २८ पैसामा नघटाई समयमै भुक्तानी गर्न सरकारले उद्योगीहरुलाई निर्देशन दिएको छ ।