यस अघिकै मूल्यमा उखु किन्न नसक्ने बताउँदै आइरहेका बेला सरकारले थप ६ रुपैयाँ बढाएर उखुको मूल्य निर्धारण गरेपछि उखु किन्ने वा नकिन्ने भन्नेबारे अन्यौलमा परेपछि उद्योगीहरु बैठक बस्न लागेका हुन् ।
काठमाडौं : सरकारले उद्योगीसँग सल्लाह नै नगरी उखुको मूल्य निर्धारण गरेपछि रुष्ट बनेका चिनी उद्योगी १२ बजे आपतकालीन बैठक बस्दै छन् ।
यस अघिकै मूल्यमा उखु किन्न नसक्ने बताउँदै आइरहेका बेला सरकारले थप ६ रुपैयाँ बढाएर उखुको मूल्य निर्धारण गरेपछि उखु किन्ने वा नकिन्ने भन्नेबारे अन्यौलमा परेपछि उद्योगीहरु बैठक बस्न लागेका हुन् ।
सरकारले चिनीको खुद्रा मूल्य ७० रुपैयाँभन्दा बढी लिन नपाइने बताइरहेका बेला उखुको मूल्य गत वर्षभन्दा बढी निर्धारण गरेको छ । गतवर्ष ४ सय ६५ रुपैयाँ निर्धारण गरेको थियो । यो वर्ष ४ सय ७१ रुपैयाँ पु¥याएको छ ।
उद्योगी र किसानलाई राखेर उखुको मूल्य निर्धारण गर्नुपर्नेमा सरकारले एकलौटी रुपमा उखुको मूल्य निर्धारण गरेकाले उद्योगी रुष्ट भएका हुन् ।
देशभरका चिनी उद्योगीहरुको निर्णयले उखु किन्ने वा नकिन्ने त्यसको निर्णय गर्छ । ‘अहिले यसै भन्न सकिन्न,’ एक उद्योगीले भने, ‘तर, बैठकबाट जे निष्कर्ष निस्किन्छ, त्यहीअनुसार हामी अघि बढ्छौं ।’
सरकारले किसानसँगको सुमधुर सम्बन्धलाई समेत भत्काउने गरी उखुको मूल्य निर्धारण गरेको उद्योगीले आरोप लगाएका छन् ।
सरकारले उखुको मूल्य निर्धारण गरेको तर, चिनीको मूल्य निर्धारण नगरेर विभेद गरेको उद्योगीले बताएका छन् । ‘उखुको मूल्य निर्धारण भयो, उद्योगीले प्रतिकिलो चिनी कति रुपैयाँमा बेच्ने ? त्यसको पनि मूल्य निर्धारण हुनु जरुरी छ,’ एक उद्योगीले भने ।