भूकम्पप्रभावितलाई पौने ६३ अर्ब वितरण

सरकारले भूकम्पप्रभावितलाई पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता १ लाख ५० हजार र तेस्रो किस्तामा एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो । यसबाहेक सरकारले बिनाब्याज तीन लाख रुपैयाँ ऋण दिने निर्णय गरे पनि ऋण लिनेको सङ्ख्या भने न्यून छ ।

सरकारले भूकम्पमा घरबारविहीन भएका परिवारलाई अहिलेसम्म पौने ६३ अर्ब रुपैयाँ वितरण गरेको छ । निजी आवास पुनर्निर्माण गर्न तीन किस्तामा उक्त रकम वितरण गरिएको हो ।

६ लाख ६६ हजार ९ सय ७७ परिवारले पहिलो किस्ताको ५० हजार रुपैयाँका दरले ३३ अर्ब ३४ करोड रुपैयाँ, १ लाख ७५ हजार ६ सय २७ परिवारले दोस्रो किस्ताको १ लाख ५० हजारका दरले २६ अर्ब ३४ करोड रुपैयाँ बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । त्यस्तै घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ता ३१ हजार ५सय ३५ घरले १ लाख रुपैयाँका दरले ३ अर्ब १५ करोड रुपैयाँ भुक्तानी लिएका छन् ।
सरकारले भूकम्पप्रभावितलाई पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता १ लाख ५० हजार र तेस्रो किस्तामा एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो । यसबाहेक सरकारले बिनाब्याज तीन लाख रुपैयाँ ऋण दिने निर्णय गरे पनि ऋण लिनेको सङ्ख्या भने न्यून छ । लाभग्राहीको सूचीमा ७ लाख ६७ हजार ७ सय ५ परिवार परेको भए पनि दोस्रो र तेस्रो किस्ताको रकम लिनेको सङ्ख्या कम छ ।

तीन वर्षमा सबै प्रभावित परिवारको घर पुनर्निर्माण गर्ने लक्ष्य लिएको भए पनि पूरा नहुने देखिएको छ । अनुदानको रकम लिन ढिलाइ गरेपछि प्राधिकरणले कडाइ गर्दै दोस्रो किस्ताको रकम लिन नआउने परिवारको पहिलो किस्ताको रकम फिर्ता लिने रणनीति बनाएको छ । पहिलो किस्ताको रकम लिएर पनि दोस्रो किस्ताको रकम नलिने प्रभावितको विषयमा अध्ययन गर्ने पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताए ।

प्राधिकरणले गत वर्षको पुस मसान्तपछि पहिलो किस्ता लिनको हकमा भने आगामी चैतभित्र दोस्रो किस्ता लिन पाउने र आगामी असारभित्र तेस्रो किस्ताको रकम लिइसक्नुपर्ने जनाएको छ ।