no-image

तीनै जना नेकपा विप्लव समूहको अखिल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य र हाइड्रो तथा खानीको मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष, महासचिव र उपाध्यक्ष रहेको महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।

काठमाडौं : चन्दा आतङ्क मच्चाएको अभियोगले प्रहरीले नेत्रविक्रम चन्द विप्लवका तीन नेतालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार राजधानीमा विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका–७ घर भएका ३१ वर्षीय लोकेन्द्रराज थापा, ३७ वर्षीय केशवबहादुर बुढा र गोरखा सुलिकोट गाउँपालिका–५ का ३१ वर्षीय विकास थापा छन् ।

उनीहरू तीनै जना नेकपा विप्लव समूहको अखिल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य र हाइड्रो तथा खानीको मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष, महासचिव र उपाध्यक्ष रहेको महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।

पक्राउ परेका विप्लवका नेताहरुले विभिन्न व्यक्तिलाई फोन गरेर चन्दा नदिए भौतिक कारबाही गर्ने धम्की दिने गरेको एसएसपी सिंहले बताए ।