गएराति सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वी राजु श्रेष्ठलाई ३ सय ४३ मतले पछि पार्दै प्रधान अध्यक्षमा चयन भएका हुन् ।
उद्योग वाणिज्य सङ्घ चितवनको ५१औँ साधारणसभा तथा ३५औँ अधिवेशनले सहनलाल प्रधानको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।
गएराति सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वी राजु श्रेष्ठलाई ३ सय ४३ मतले पछि पार्दै प्रधान अध्यक्षमा चयन भएका हुन् । प्रधानले एक हजार ४ सय ८९ मत ल्याउँदा श्रेष्ठले एक हजार १ सय ४६ मत प्राप्त गरे । अधिवेशनमा प्रधान र श्रेष्ठको दुई प्यानलमा उम्मेदवारी परेको थियो । दुई जनबाहेक सबै पदाधिकारी प्रधान प्यानलका विजयी भएको सङ्घका लेखा अधिकृत डम्मरराज गौतमले जानकारी दिए । वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ एक हजार ६ सय १९ मतका साथ विजयी भए । वाणिज्यतर्फको उपाध्यक्षमा भोजराज कौडेल, उद्योगतर्फको उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ र वस्तुगततर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनले उद्योगतर्फको कार्यसमिति सदस्यमा अशोक अधिकारी, सोमप्रसाद काप्री, सिद्धार्थलाल चुके, कृष्णप्रसाद रिजाल, चन्द्रमणि सापकोटा, रोहितकुमार श्रेष्ठ निर्वाचित गरेको छ । रिजाल भने श्रेष्ठ प्यानलका हुन् । वाणिज्यतर्फको सदस्यमा ईश्वरीप्रसाद खराल, राजेन्द्र ओली, ज्ञानुप्रसाद न्यौपाने, लक्ष्मी रिमाल पौडेल, तारानाथ पाठक, थिरप्रसाद धिताल निर्वाचित भए । धिताल श्रेष्ठ प्यानलका हुन् । वस्तुगततर्फ शिव ओझा, विकाश थापा, दीपक पौडेल र किरण खनाल विजयी भएका छन् । महिला सदस्यमा रजनी मास्के निर्वाचित भएकी छन् । यसअघि नै यमबहादुर विक, शिरिष पन्त र रेशमलाल आचार्य निर्विरोध निर्वाचित भएका थिए ।
संघमा निवर्तमान अध्यक्षसहित कुल २९ जनाको कार्यसमिति रहनेछ । निर्वाचनमा ४६ जनाको उम्मेदवारी परेको थियो । सङ्घको निर्वाचनमा दुई हजार ८ सय ५६ जना सहभागी थिए ।