खुल्यो दमक–रवि सडक मार्ग

यसअगाडि रतुवा खोलाको किनारै किनार सवारी साधन सञ्चालन हुँदै आएका थिए । निर्माण उपभोक्ता समितिले यही माघ ७ गतेदेखि मार्गबाट सम्पूर्ण यातायात चलाउन सार्वजनिक रुपमा आग्रह समेत गरेको छ ।

झापाको दमकबाट इलाम हुँदै पाँचथर जोड्ने दमक–रवि चिसापानी सडक (फाल्गुनन्द मार्ग)को सम्पूर्ण भाग खुलेको छ ।

दुई दशकअघिदेखि निर्माणाधीन ४१ किमी सडकको सबै भाग खुलेको निर्माण उपभोक्ता समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष गगन पुरीका अनुसार एक सातापछि साना सवारी साधन गुडाउन दिइने निर्णय भएको छ । यसअगाडि रतुवा खोलाको किनारै किनार सवारी साधन सञ्चालन हुँदै आएका थिए । निर्माण उपभोक्ता समितिले यही माघ ७ गतेदेखि मार्गबाट सम्पूर्ण यातायात चलाउन सार्वजनिक रुपमा आग्रह समेत गरेको छ ।

सडक वर्षात्का समयमा सधैँ अवरुद्ध हुने गथ्र्यो । हिउँदमा पनि त्यहाँको घर्तीदोभानसम्म रतुवा खोलाको किनारै किनार सवारी साधन गुड्दै आएका थिए । अब वर्षात् र हिउँदमा सवारी गुड्ने तहमा पुगेको उनको भनाइ छ । अब लामो समयपछि त्यस सडकबाट नै अब सवारीसाधन निर्बाध रुपमा चल्ने अध्यक्ष पुरीको भनाइ छ ।

सो सडक निर्माण पूरा नहुँदा वर्षात्मा दमकबाट रविसम्म पुग्न इलाम सदरमुकाम, राँके हुँदै जाँदा १ सय ७८ किमि दूरी पार गर्नुपर्ने मात्र होइन, त्यहाँ पुग्न दुई दिन नै बित्ने गरेको उपभोक्ता समितिका महासचिव हेमन्त राईको भनाइ छ ।