आयल निगमले आन्तरिक उडानका लागि हवाई इन्धनकाे मूल्य १० रूपैयाँ घटायाे, १०४.५० प्रतिलिटरकाे इन्धन ९४.५० मा पाइने

दुर्गम क्षेत्रका मानिस जहाजमा ओहोरदोहोर गर्ने र उनीहरूलाई मर्का परेकाले एटीएफको मूल्य घटाएको वाणिज्य तथा आफूर्ति मन्त्री मातृकाप्रसाद यादवले बताए ।

काठमाडाैं : नेपाल आयल निगमले आन्तरिक उडानका लागि हवाई इन्धनकाे मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएको छ ।

दुर्गम क्षेत्रका मानिस जहाजमा ओहोरदोहोर गर्ने र उनीहरूलाई मर्का परेकाले एटीएफको मूल्य घटाएको वाणिज्य तथा आफूर्ति मन्त्री मातृकाप्रसाद यादवले बताए ।

नेपाल आयल निगमको ४९ औ वार्षिकोत्सव समारोहमा मन्त्री यादवले साे कुरा बताएका हुन् ।

यसैबीच निगमले आज राति १२ बजेदेखि लागू हुने गरी आन्तरिक उडानका हवाई इन्धनमा साबिकको बिक्री मूल्य १०४.५० रूपैयाँ प्रतिलिटरमा १० रूपैयाँ प्रतिलिटरका दरले घटाई ९४.५० रूपैयाँ प्रतिलिटर कायम गरेको आयल निगमका नायब कार्यकारी निर्देशक (बजार व्यवस्था) ई. सुशील भट्टराईले जानकारी दिए ।