माछापालन बढेसँगै गतवर्षको तुलनामा यो वर्ष माछा उत्पादन १० प्रतिशत उत्पादन वृद्धि हुने प्रक्षेपण पनि गरिएको छ । चालू आर्थिक वर्ष ०७४/७५ मा ९० हजार टन माछा उत्पादन हुने मत्य विकास निर्देशनालयले प्रक्षेपण गरेको हो । अघिल्लो वर्ष ८२ हजार टन माछा उत्पादन भएको थियो ।
नेपालीमा माछा खाने संस्कृति बढेसँगै यसको बजार पनि बढेको छ । उत्पादन भएको माछाको सहजै बिक्री भएपछि माछापालन पनि फस्टाएको हो ।
माछापालन बढेसँगै गतवर्षको तुलनामा यो वर्ष माछा उत्पादन १० प्रतिशत उत्पादन वृद्धि हुने प्रक्षेपण पनि गरिएको छ । चालू आर्थिक वर्ष ०७४/७५ मा ९० हजार टन माछा उत्पादन हुने मत्य विकास निर्देशनालयले प्रक्षेपण गरेको हो । अघिल्लो वर्ष ८२ हजार टन माछा उत्पादन भएको थियो ।
अघिल्लो वर्ष २४ अर्ब रुपैयाँको माछापालनमा किसानको आकर्षण बढे पछि चालू आर्थिक वर्ष १० प्रतिशतले माछाको उत्पादन बढ्ने मत्य विकास निर्देशनालयका बरिष्ठ मत्य विकास अधिकृत युवककिशोर तिवारीले बताए । ‘वर्षाको बाढीले असर गरे पनि यो वर्ष पनि १० प्रतिशतले उत्पादन बढ्ने देखिएको छ,’ तिवारीले भने, ‘नेपालमा माछाको बजार व्यापक बिस्तार भएको छ ।’ चालु आर्थिक वर्षमा करिब वर्ष करिब २७ अर्ब रुपैयाँको माछा उत्पादन हुने अनुमान गरिएको तिवारीले बताए ।
उत्पादन बढेपछि विदेशबाट आउने माछा आयात प्रतिस्थापन भएको छ । कृषि विकास मन्त्रालयका अनुसार चार वर्षको अवधिमा माछाको उत्पादन वृद्धि दर दोब्बर छ । नेपाली बजारमा करिब ३ सय रुपैयाँ किलोको हाराहारीमा माछा बिक्री हुन्छ । सरकारले तराईका २० जिल्लामा माछापालन विस्तार गर्न तीन सय हेक्टर पोखरी निर्माण गर्नको लागि करिब करिब नौ करोड रुपैयाँ अनुदान सहयोग दिएको छ । कृषि प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्तरगत ब्लक, जोन, सुपर जोन बनाएर माछापालनलाई प्रोत्साहन गरिएको कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले बताए । उक्त परियोजना अन्तरगत तीन सय हेक्टर, तराईका सबै जिल्लामा माछाको ब्लक, मोरङको माछा जोनमा पाँच सय हेक्टर, बारामा सुपर जोन बनाइ एक हजार हेक्टर, रुपन्देहीमा जोनमा पाँच सय हेक्टरमा माछापालन बिस्तार गरिएको छ ।
माछा उत्पादन वृद्धि भएसँगै बजार पनि विस्तार भएको नेपाल माछा व्यवसायी महासंघका अध्यक्ष जंगबहादुर शाहले बताए । सरकारले माछा खेतीलाई प्रोत्साहन गर्नको लागि मत्यविकास केन्द्र अन्तरगत कुलेखानी, स्याङ्जा, सप्तरी, लहान, मकवानपुर, रुपन्देही, बाँके, धनगढी, चितवनबाट सेवा दिँदै आएको छ । यहाँ रेन्बो ट्राउट, पङ्गासिस, कमन कार्प, सिल्भर कार्प, ग्रास कार्प, बिगहेड कार्प, नैनी, रहु, भाकुरा, टिलापिया लगायतका जातको माछापालन हुन्छ । बाँके, बर्दीया, कैलाली, कञ्चनपुर , झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन, नवलपारसी, रुपन्देही, कपिलवस्तु, दाङ, जिल्लामा व्यावसायिक माछापालन हुन्छ ।