सडक निर्माणका क्रममा सडकको छेऊ र माथिपट्टि रहेका ढुङ्गा फुटाउनुपर्ने भएकाले सडकमा आवतजावत गर्ने सवारीका साधनमा रोक लगाइएको पीएस कन्सट्रक्सन कम्पनीका प्रेमबहादुर थापाले बताए ।
साँफे–मार्तडी राजमार्गअन्तर्गतको बूढीगङ्गा नगरपालिका–१, अम्कोटेको सडकखण्ड आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ ।
सडक निर्माणका क्रममा सडकको छेऊ र माथिपट्टि रहेका ढुङ्गा फुटाउनुपर्ने भएकाले सडकमा आवतजावत गर्ने सवारीका साधनमा रोक लगाइएको पीएस कन्सट्रक्सन कम्पनीका प्रेमबहादुर थापाले बताए । उनले ती ढुङ्गा वर्षायाममा सडकमा आउने हुँदा ढुङ्गा फुटाउनुपर्ने बाध्यता रहेको बताए । ढुङ्गा फुटाउने क्रममा विभिन्न दुर्घटना हुने भएकाले सार्वजनिक सूचनामार्फत यातायात व्यवसायी, स्थानीय लगायतलाई जानकारी गराइएको थापाले जानकारी दिए । सडक निर्माणमा बाधा नपु¥याउन सबैमा कम्पनीले आग्रह गरेको छ ।
मार्तडीसम्म चल्ने सवारीका साधन बूढीगङ्गा नगरपालिकाको बल्देमा मात्र चल्ने भएका छन् ।