no-image

मङ्गलबार प्रहरीले हेटौंडा उपमहानगरपालिका–४ नन्दस्थान रोडस्थित सडकबाट ७ वटा प्लास्टिकको बोराभित्र विभिन्न साडी, कुर्ता र कोटलगायत करिब १३ लाख २४ हजार रुपैयाँबराबरको कपडा बरामद गरेको हो ।

काठमाडौं : प्रहरीले मकवानपुरको नन्दस्थानबाट १३ लाख रुपैयाँबराबरको अवैध भन्सार छलीको कपडा बरामद गरेको छ ।
मङ्गलबार प्रहरीले हेटौंडा उपमहानगरपालिका–४ नन्दस्थान रोडस्थित सडकबाट ७ वटा प्लास्टिकको बोराभित्र विभिन्न साडी, कुर्ता र कोटलगायत करिब १३ लाख २४ हजार रुपैयाँबराबरको कपडा बरामद गरेको हो ।

विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त कपडाहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बरामद कपडालाई भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।