तेल बजार सामान्य बन्नेमा साउदी अरब आशावादी

अवु धावीः तेलको उत्पादन र बजार सन्तुलनका बिषयमा साउदी अरब धेरै आशावादी रहेको साउदी उर्जामन्त्री खालिद अल–फालिहले मङ्गलबार बताए ।

तेल उत्पादक मुलुकहरूले तेलका खस्कँदो मूल्यलाई मध्य नजर राख्दै उत्पादन परिमाणमा कटौति गर्ने बताएसँगै अनिश्चित बनेको तेल बजार सन्तुलनप्रति साउदी अरब आशावादी रहेको उनले बताएका हुन् ।

तेल उत्पादक राष्ट्रहरूको सङ्गठन (ओपेक) र रसिया, इरानलगायतका केही मुलुकले तेलको मूल्यमा करिब ४० प्रतिशतको गिरावट आएको भन्दै गत महिना तेल उत्पादनलाई प्रतिदिन १२ लाख व्यारेल पुर्याउने बताएपछि तेलको आपूर्तिमा आउनसक्ने अनुमान बढिरहेका समय साउदी अरबका उर्जामन्त्रीको उक्त भनाई आएको हो ।

कच्चा तेलको मूल्यमा गिरावट आई गत महिना प्रतिव्यारेल ५० अमेरिकी डलरसम्म पुगेको थियो । तर जनवरीमा उक्त मूल्यमा प्रतिव्यारेल १० अमेरिकी डलरको वृद्धि भएको छ । तेलको उत्पादनमा जनवरी १ देखि लागू हुनेगरी गरिएको कटौतिसँगै विस्तारै मूल्यमा वृद्धि आएको र प्रतिव्यारेल ६० अमेरिकी डलर पुगेको हो ।

ओपेकको हर्ताकर्ता मानिने साउदी अरबले पनि जनवरीबाट लागु हुनेगरी तेलमा कटौति गर्ने र विस्तारै आठ लाख व्यारेल तेल उत्पादनमा कटौति गर्ने जनाएको थियो । अर्को महिनादेखि साउदीले थप एक लाख व्यारेल तेलको उत्पादनमा कटौति गर्ने बताएको थियो । एएफपी