सञ्चय कोषको अध्यक्षमा शिशिरकुमार ढुंगाना

काठमाडौ : कर्मचारी सञ्चय कोषको अध्यक्षमा शिशिरकुमार ढुंगाना नियुक्त भएका छन् । मन्त्रीपरिषदको बैठकले ढुंगानालाई अध्यक्षमा नियुक्त गरिएको सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।
अर्थ मन्त्रालयका राजस्व सचिव रहेका ढुंगानालाई पौष १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको थियो ।