राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा माघ ४ गते शुक्रबार बिहान ११ बजे उपराष्ट्रपतिनन्दबहादुर पुनले एक्स्पोको उद्घघाट्न गर्नेछन् ।
काठमाडाैं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमाआयोजनागर्न लागेको दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा माघ ४ गते शुक्रबार बिहान ११ बजे उपराष्ट्रपतिनन्दबहादुर पुनले एक्स्पोको उद्घघाट्न गर्नेछन् ।
एक्स्पोमा सहभागि हुन ८५ भन्दाबढी प्रदर्शकहरुले सयभन्दा बढी स्टल बुकिगं गरेका छन् ।जलविद्युतक्षेत्रको महत्वपूर्ण तथा ठुलो मानिएको यो एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिती रहने अनुमानगरिएको छ । एक्स्पोको व्यवस्थापनइभेन्ट सोलुसन प्रा.लिले गर्ने छ ।
एक्स्पोमा जलविद्युतप्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक थावीमालगायतजलविद्युतमानयाँप्रविधि र निर्माणसँग सम्बन्धितविविध क्षेत्रको सहभागिता रहने छ ।
निजिक्षेत्रसँग सक्रिय रुपमा सहकार्य गर्दै आएको विश्व बैंक समुहअन्तरगतको इन्टरनेशनलफाइनान्स कर्पोरेशन (आईएफसि) ले सहप्रायोजन गरेको छ । एशियन पेन्ट्स, रेष्ट्रोलोजी, होटल हिमालय, भाया नेट, प्रिमियर इन्स्योरेन्स र नेपालशिपिंग एण्ड एयर लजिष्टिक प्रालिएक्स्पोको अफिसियल पार्टनर रहेका छन् ।
चीन, भारत, अष्ट्रिया, कोरीया, स्वीडेन, जर्मनी, बुल्गेरियातथा बेलायतलगायतमुलुककाजलविद्युत क्षेत्रसँग सम्बन्धितकम्पनीहरु एक्स्पोमा सहभागिहुँदै छन् ।जलविद्युतआयोजनानिर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धितकम्पनीहरुको धेरै सहभागिताएक्स्पोमाहुने भएको छ ।
आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिकनिर्माण उपकरण, टनेलिंगउपकरणका क्षेत्रमाप्रख्यातभोईथ, इपिरोक माइनिगं इण्डिया, वासरक्राफ्ट, एपीई पावर, जीइपीपीइआरटी हाइड्रोपावर, तोसिबाकर्पोरेशन, डिइसी डगंफेगं इलेक्ट्रिक मेशिनरी, जेसिवि, हुन्डाइलगायतकाप्रदर्शक आकर्षणका रुपमा रहने छन् ।
यसकाअलावाविद्युतउत्पादकतथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगतप्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनीएक्स्पोका मुख्यविधागत क्षेत्र रहेका छन।
यसै गरी एक्स्पोमा सहभागिभएर जलविद्युतआयोजनाअवलोकन गर्न चाहनेहरुलाई हेलिकप्टरमार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमानिर्माणधीन जलविद्युत् आयोजनाहरुको स्थलगतअवलोकन गर्ने व्यवस्थामिलाइएको छ ।
एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्यविषयमा दैनिक तीनवटा सेमिनार आयोजनागरिनुका साथै स्वदेशीलगानीको परिचालन गरिने छ ।