१८ घण्टाको लोडसेडिङ अन्त्य भएको भन्दै उर्जाक्षेत्रको विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए । १० वर्षमा १५ मेगावाट विद्युत उत्पादनका लागि जलविद्युत क्षेत्रमा निजी क्षेत्र र अन्तर्राष्ट्रियस्तरको लगानीको चासो रहेको भन्दै सरकारले सुरक्षित लगानीको वातावरण बनाउन स्पष्ट नीति जरुरी रहेको बताए ।
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिको आधारका जलस्रोत, पर्यटन, कृषि र उद्योग रहेको बताएका छन् । दोस्रो हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले उर्जा तथा जलविद्युत्लाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिए । यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको उनको भनाइ छ ।
१८ घण्टाको लोडसेडिङ अन्त्य भएको भन्दै उर्जाक्षेत्रको विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए । १० वर्षमा १५ मेगावाट विद्युत उत्पादनका लागि जलविद्युत क्षेत्रमा निजी क्षेत्र र अन्तर्राष्ट्रियस्तरको लगानीको चासो रहेको भन्दै सरकारले सुरक्षित लगानीको वातावरण बनाउन स्पष्ट नीति जरुरी रहेको बताए ।
उर्जाबाट मात्रै उद्योग तथा औद्योगिकीकरण गर्न सकिने भएकाले यसको उत्पादनमा जोड दिन निजीक्षेत्रलाई उनले आग्रहसमेत गरे । पेट्रोल र ग्यासलाई विस्थापित गरि विद्युतीय उपकरणमा आधारित सामानको प्रयोग बढाउन आग्रह गरे । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालका अध्यक्ष शैलेन्द्र गुरागाइले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको राष्ट्रिय लक्ष्य हासिल गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताको सहयोग आवश्यक रहेको बताए ।
उद्योग वाणिज्य महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशको समृद्धिका लागि जलस्रोत र पर्यटनको विकासमा जोड दिनुपर्ने बताए । सरकारले निजीक्षेत्रलाइ प्रोत्साहन गर्नुपर्ने बताए । बोल्ने बेलामा मात्रै निजीक्षेत्र चाहिन्छ भन्ने तर व्यवहारमा फरक गर्ने गरेको उनको भनाइ छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले जलविद्युतको समस्या समाधानका लागि स्पष्ट नीति चाहिने बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न सरकारले स्पष्ट नीति ल्याउनुपर्नेमा उनले जोड दिए । उज्यालो नेपालमा योगदान पुर्याएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरिएको थियो ।
घिसिङले उर्जाको विकास लागि निजीक्षेत्रको सहयोग महत्त्वपूर्ण रहेको बताए । ३ दिनसम्म चल्ने एक्स्पोमा विद्युत् तथा उर्जासम्बन्धी जानकारी, हाइड्रोसम्बन्धी स्टल तथा उपकरणको प्रदर्शनीमा राखिएको छ । एक्स्पोमा १ लाख अवलोकनकर्ताले अवलोकन गर्ने जनाएको छ ।