गुणस्तरहीन औषधि बेच्दै एभरेष्ट फर्मास्युटिकल्स, सम्पूर्ण औषधि बिक्रीवितरणमा रोक

औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गर्दा उक्त ब्याचका सम्पूर्ण औषधि गुणस्तरहीन भएको पाइएपछि सरकारले तत्काल बिक्रीवितरण गर्न रोक्नुका साथै बजारबाट उक्त सम्पूर्ण औषधि फिर्ता लैजान निर्देशन दिएको छ ।

काठमाडौं । एभरेष्ट फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याच नम्बर ‘एफई–३५’ का औषधि गुणस्तरहीन पाइएकाले तत्काल बिक्रीवितरण गर्न रोक लगाइएको छ ।

औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गर्दा उक्त ब्याचका सम्पूर्ण औषधि गुणस्तरहीन भएको पाइएपछि सरकारले तत्काल बिक्रीवितरण गर्न रोक्नुका साथै बजारबाट उक्त सम्पूर्ण औषधि फिर्ता लैजान निर्देशन दिएको छ ।

एभरेष्टले उत्पादन गरेको फेक्सेलर–१८ नामक औषधि गुणस्तरहीन पाइएको हो । विभागले औषधि ऐन २०३५ को दफा १४ बमोजिम उक्त ब्याचका सम्पूर्ण औषधि बिक्रीवितरण गरेको हो ।