पूर्वगभर्नर रावलको थुनछेक बहस सुरु

विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीश रत्नबहादुर बागचन्द र सदस्य न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा बहस सुरु भएको छ । आयोगले दर्ता गरेको मुद्दामा ९१ लाख रुपैयाँ बिगो माग दाबी गरेको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले बताए ।

काठमाडौं । पोलिमर नोट प्रकरणमा मुछिएका नेपाल राष्ट्र बैङ्कका तत्कालीन गभर्नर तिलक रावलको थुनछेक बहस सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा रावल सोमबार उपस्थित भएका हुन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीश रत्नबहादुर बागचन्द र सदस्य न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा बहस सुरु भएको छ । आयोगले दर्ता गरेको मुद्दामा ९१ लाख रुपैयाँ बिगो माग दाबी गरेको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पुस २०७५ मा रावलसहित नेपाल राष्ट्र बैङ्क, नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय एजेन्ट हिमालयबहादुर पाण्डेविरूद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेको थियो ।

छ । नेपाल राष्ट्र बैङ्कबाट अष्ट्रेलियामा १० रुपैयाँका ५ करोड थान पोलिमर नोट छपाइ गर्दा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैरकानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको भन्दै आयोगले अनुसन्धान गरेको थियो ।