अभिलाष तामाङमाथि प्रहरीले चलायाे गोली

काठमाडौं । नयाँ बसपार्कमा गोली चलेको छ। प्रहरीले एक जना माथि गोली प्रहार गरेको छ। काभ्रेपाल्नचोका अभिलाष तामाङमाथि प्रहरीले गोली चलाएको हो।

हातहतियार सहित एक युवक आएको जानकारी आएपछि प्रहरी टोली पुग्दा प्रहरी माथि गोली चलाएकाले जवाफी फायर गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। प्रहरीको गोली लागेका तामाङको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।