विश्व बैङ्ककी एशिया उपाध्यक्षले भेटिन् अर्थमन्त्री

उपाध्यक्ष डिक्सनले तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकारलाई बधाई दिँदै अब राजनीतिक स्थायित्वतर्फ उन्मुख नेपालको सामाजिक–आर्थिक विकासका लक्ष्य प्राप्तिमा बल पुग्ने विश्वास व्यक्त गरिन् ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपाल भ्रमणमा रहेकी दक्षिण एसियाका लागि विश्व बैङ्ककी उपाध्यक्ष एन्नेट डिक्सनले अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेकी छन् ।

उक्त अवसरमा उनीहरूबीच नेपालको समसामयिक राजनीतिक अवस्था, आर्थिक गतिविधि, विकास प्रयास एवम् विश्व बैङ्कको ऋण सहायतामा सञ्चालित परियोजनाबारे विचारविमर्श भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्री कार्कीले नेपालको चौतर्फी विकासका निम्ति बैङ्कबाट प्राप्त सहुलियतपूर्ण ऋणका लागि आभार प्रकट गर्दै गरिबी, बेरोजगारी, अशिक्षाजस्ता विकासका बाधा हटाउन नेपाल सरकारले गम्भीर भएर काम गरिरहेको बताए ।
उपाध्यक्ष डिक्सनले तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकारलाई बधाई दिँदै अब राजनीतिक स्थायित्वतर्फ उन्मुख नेपालको सामाजिक–आर्थिक विकासका लक्ष्य प्राप्तिमा बल पुग्ने विश्वास व्यक्त गरिन् । भेटका अवसरमा अर्थ मन्त्रालयका उच्च अधिकारी नेपालस्थित विश्व बैङ्कका देशीय निर्देशक चिम्याओ फ्यानलगायत वरिष्ठ कर्मचारीको उपस्थिति थियो ।