चिसोका कारण काठमाडौंमा एक जनाको मृत्यु

बुधबार बेलुकी सडक छेउमा मृत फेला परेको र उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

काठमाडौं । चिसोका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका १५ भुइँखेलस्थित सडक किनारामा अन्दाजी ४० वर्षीय एक पुरुष मृत फेला परेका छन् ।

बुधबार बेलुकी सडक छेउमा मृत फेला परेको र उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

मृतकको शवको पोष्टमार्टमकालागि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । चिसोका कारण कठ्याङग्रिएर ती व्यक्तिको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।