रुखबाट लडेर एक महिलाको मृत्यु

बुधबार साँझ घाँस काट्दै गरेका बेला गिरीको रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कामठाडौं । दाङमा घाँस काट्न जंगल गएकी महिलाको रुखबाट लडेर मृत्यु भएको छ ।

दाङको गडवा गाँउपालिका ५ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय देवी गिरीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधबार साँझ घाँस काट्दै गरेका बेला गिरीको रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।