अब सञ्चय कोषका ६ लाख सञ्चयकर्ताले पनि केवाइसी भर्नुपर्ने

केवाइसीबाट सञ्चयकर्ताको जम्मा हुने रकम र ऋण रकम र व्यत्तिगत खातामा शुद्धता आउने कोषले जानकारी दिएको छ ।

काठमाडौं । कर्मचारी संचय कोषका ६ लाख सञ्चयकर्ताले अब व्यत्तिगत विवरण (केवाइसी) फारम भर्नुपर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा केवाइसी भर्नुपर्नेमा अब संचय कोषका सञ्चयकर्तालाई पनि लागु भएको छ ।

केवाइसी फारमको माध्यमबाट तथ्याँक अद्याविक हुने काम सुरु गरेकाले फारम भरी व्यत्तिगत विवरण शुद्धिकरणमा सहयोग गर्न कोषले सञ्चयकर्तालाई भनेको छ । केवाइसीबाट सञ्चयकर्ताको जम्मा हुने रकम र ऋण रकम र व्यत्तिगत खातामा शुद्धता आउने कोषले जानकारी दिएको छ ।