सर्वसाधरण कुट्ने २ प्रहरी  निलम्बित

विनाकारण कुटपिट गरेको खुलेपछि दुवै जनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी दीपक रेग्मीले बताए ।

कामठाडौं । सामान्य बिवादमा सर्वसाधारणलाई कुटपिट गर्ने एक प्रहरी निलम्बनमा परेका गरेका छन् ।

बागलुङ गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

२०७५ पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान प्रेमसिंह विष्ट र प्रहरी जवान बुद्ध थापाले बस्नेतलाई विनाकारण कुटपिट गरेको खुलेपछि दुवै जनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी दीपक रेग्मीले बताए ।