नक्कली प्रमाणपत्रका आधारमा प्रहरी हवल्दार बनेका विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दार भण्डारीले प्रहरी सेवामा प्रवेश गर्दा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको भन्दै विषेश अदालतमा मुद्दा दायर गरेको हो ।

काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरीमा भर्ना भएकी प्रहरी हवल्दार चन्द्रा भण्डारीविरुद्ध विषेश अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दार भण्डारीले प्रहरी सेवामा प्रवेश गर्दा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको भन्दै विषेश अदालतमा मुद्दा दायर गरेको हो ।

प्रहरी हवल्दार भण्डारीविरुद्ध बिहीबार विषेश अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालले बताए ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा कार्यरत भण्डारीले प्रहरी सेवामा प्रवेश गर्दा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको उजुरीपछि अख्तियारले छानबिन थालेको थियो ।

अख्तियारको छानबिनमा भण्डारी झुटा निस्केपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो ।