नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाने शिक्षकविरुद्ध मुद्दा

ठाकुरले भारतबाट लिएको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेसगरी नियुक्ति लिएका थिए ।

काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षा सेवामा प्रवेश गरेका सर्लाहीस्थित जनता माध्यमिक विद्यालयका माध्यमिक शिक्षक देवनारायण ठाकुरविरुद्ध विषेश अदालतमा मुद्दा दायर भएको छ ।

झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठाकुरविरुद्ध बिहीबार विषेशमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले बताए ।

उनका अनुसार ठाकुरले भारतबाट लिएको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेसगरी नियुक्ति लिएका थिए ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेसगरी ठाकुरले सरकारी लाभ लिएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको छ ।