विद्युतीय बीजकमा कडाइ गर्दै सरकार, ३५ करोडभन्दा बढी कारोबार गर्ने करदातालाई चैतसम्मको समय

आउँदो चैतभित्र ठूला कारोबार गर्ने व्यावसायिक प्रतिष्ठानको कारोबार अनलाइनमार्फत गर्न लागेको हो । विभागले विद्युतीय बीजकसम्बन्धी कार्यविधि जारी गरिसकेको छ ।

काठमाडौं । सरकारले विद्युतीय बीजकमा कडाई गरेको छ । आन्तरिक राजस्व विभागले आउँदो चैतभित्र विद्युतीय बीजक जारी गर्न उद्योग तथा व्यावसायीक प्रतिष्ठानलाई भनेको छ ।

विभागले वार्षिक ३५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने उद्योग प्रतिष्ठानलाई विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था गरेको हो । आउँदो चैतभित्र ठूला कारोबार गर्ने व्यावसायिक प्रतिष्ठानको कारोबार अनलाइनमार्फत गर्न लागेको हो । विभागले विद्युतीय बीजकसम्बन्धी कार्यविधि जारी गरिसकेको छ ।

चैतभित्र सीबीएमएससंग आबद्ध हुने गरी सफ्टवेयर अद्यावधिक गरी सूचीकृत गर्नुपर्ने विभागले जनाएको छ । ठूला व्यावसायिक प्रतिष्ठानको कारोबार अब विभागले सिधै विद्युतीय माध्यमबाट हेर्न सक्ने भएको छ । बीजक जारी गरेकोलगायत सबै कारोबारमा विभागले निगरानी राख्ने भएको छ ।