अपहरित बालिका प्रहरीद्वारा ७ घण्टापछि उद्धार

शुक्रबार बिहान काठमाडौं कोटेश्वर खरिबाेटबाट अपहरणमा परेकी बालिकालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दिउँसो काठमाडौंकै गौशालास्थित गणेश गेष्ट हाउसबाट अपहरणमुक्त गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले बताए ।

काठमाडौं । कोटेश्वरबाट अपहरणमा परेकी दुई वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

शुक्रबार बिहान काठमाडौं कोटेश्वर खरिबाेटबाट अपहरणमा परेकी बालिकालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दिउँसो काठमाडौंकै गौशालास्थित गणेश गेष्ट हाउसबाट अपहरणमुक्त गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले बताए ।

उनका अनुसार अपहरणकारीले बिहान ८ बजे बालिकालाई खरिबोटस्थित आफ्नै घरबाट अपहरण गरेका थिए । प्रहरीका अनुसार अपहरणमा पर्ने बालिका थापाथलीस्थित प्रसूति गृहकी चिकित्सक डाक्टर बबिता साहकी छोरी हुन् ।

बालिका अपहरणमा परेलगतै प्रहरीले खोजी थालेको थियो । बालिकालाई अपहरण गर्ने जनकपुरका मनीषकुमार गुप्ता भने फरार भएका छन् । फरार गुप्ताको खोजीकार्य भइहरेको प्रहरीले जनाएको छ ।