अनसन रोकिन्न : डाक्टर केसी

संसदबाट चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएलगतै अनसनस्थलबाट संक्षिप्त प्रतिक्रिया दिँदै डाक्टर केसीले भने, '३ करोड नेपाली जनातामाथिको धोका भयो ।'

काठमाडौं । चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुनुलाई अनसनरत डा गोविन्द केसीले ३ करोड नेपालीलाई धोका भएको प्रतिक्रिया जनाएका छन् ।

संसदबाट चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएलगतै अनसनस्थलबाट संक्षिप्त प्रतिक्रिया दिँदै डाक्टर केसीले भने, ‘३ करोड नेपाली जनातामाथिको धोका भयो ।’ संसदले विधेयक पारित गरेपनि आफ्नो अडान नछाड्ने डाक्टर केसीले बताए ।

उनले भने, ‘चिकित्सा शिक्षा सुधारका लागि मेरो अनसन निरन्तर रहने छ ।’ डा केसी १६ चरणको १७ औ दिनमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसन बसेका छन् ।