आइतबार बिहान राजधानीका विभिन्न क्याम्पसबाहिर विरोध¥याली निकालेर प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।
काठमाडौं । नेपाल विद्यार्थी सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
आइतबार बिहान राजधानीका विभिन्न क्याम्पसबाहिर विरोध¥याली निकालेर प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेविसङ्घका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले शनिबार प्रधानमन्त्री विश्व आर्थिक मञ्चको ४९औं वार्षिक सभामा भाग लिएर स्वदेश फर्कंदै गरेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर विरोधस्वरुप कालोझण्डा देखाएका थिए ।