महासङ्घका कार्यसमिति सदस्यबीच विवाद, २ बजे डाकिएको बैठक ६ बजेसम्म सुरु हुन सकेन

महासङ्घमा पदाधिकारी र कार्यसमिति सदस्य दुई गुटमा विभाजित भएपछि कार्यसमिति बैठकले पुर्णता पाउन नसकेको हो । अध्यक्ष भवानी राणा र बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको छुट्टाछुट्टै गुट बनेपछि महासङ्घको कार्यसमिति बैठक बस्न नसकेको हो ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको कृषि उद्यम केन्द्रमा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेपछि आइतबार २ बजेलाई डाकिएको कार्यसमितिको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

महासङ्घमा पदाधिकारी र कार्यसमिति सदस्य दुई गुटमा विभाजित भएपछि कार्यसमिति बैठकले पुर्णता पाउन नसकेको हो । अध्यक्ष भवानी राणा र बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको छुट्टाछुट्टै गुट बनेपछि महासङ्घको कार्यसमिति बैठक बस्न नसकेको हो ।

कृषि उद्यम केन्द्रमा ठूलो अनियमितता भएको कुरा बाहिर आएपछि त्यसलाई कसरी समाधान गर्ने भन्ने बारेमा बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

महासङ्घभित्र व्यापक अनियमितता भएको र यसले महासङ्घको साख गिराएको भन्दै त्यसको समाधान गर्न आइतबार कार्यसमितिको बैठक डाकिएको थियो । तर, ४ घण्टा वितिसक्दा पनि बैठकले पूर्णता पाउन नसकेको एक कार्यसमिति सदस्यले क्यापिटल नेपाललाई जानकारी दिए । अहिलेसम्म (यो समाचार तयार पार्दासम्म) बैठक बस्न सकेको छैन्,’ ती सदस्यले टेलिफोनमा भने, ‘कतिखेर बैठकले पूर्णता पाउँछ टुङ्गो छैन ।’

याे पनि पढ्नुहाेस

महासङ्घभित्रको अनियमितता छानबिन गर्दै अख्तियार