त्यसैगरी महासङ्घको कार्यसमिति बैठकले महासङ्घमा आबद्ध कर्मचारीले पनि भ्रष्टाचार गरेको आरोप लागेपछि पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्वमा समिति बनेको छ । त्यसमा डीबी बस्नेत सदस्य छन् । महासङ्घको आइतबार बसेको कार्यसमिति बैठकले श्रेष्ठको संयोजकत्वमा समिति बनाएको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको ठहर गरेको छ । केन्द्रमा भ्रष्टाचार भएको भन्दै महासङ्घले छानबिन गर्न महासङ्घकै वरिष्ठ सदस्य शकुन्तलाल हिराचनको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त समितिमा सदस्य विनोद ढकाल छन् । यो समितिले कृषि उद्यम केन्द्रका परियोजना र त्यसमा भएको भ्रष्टचार भए/नभएको छानबिन गर्ने छ ।
त्यसैगरी महासङ्घको कार्यसमिति बैठकले महासङ्घमा आबद्ध कर्मचारीले पनि भ्रष्टाचार गरेको आरोप लागेपछि पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्वमा समिति बनेको छ । त्यसमा डीबी बस्नेत सदस्य छन् । महासङ्घको आइतबार बसेको कार्यसमिति बैठकले श्रेष्ठको संयोजकत्वमा समिति बनाएको हो ।
महासङ्घका तत्कालीन कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले केही पदाधिकारी र कर्मचारी मिलेर भ्रष्टाचार गरेकाे आरोप लगाएपछि कार्यसमितिले छानबिन समिति बनाएको हो । कर्मचारीतर्फ अध्ययन गर्ने समितिले सात दिनभित्र सत्यतथ्य बाहिर ल्याउने म्याद कार्यसमितिले दिएको छ । त्यसैगरी, पदाधिकारी र कृषि उद्यम केन्द्र अन्तर्गतका परियोजनाको सत्यतथ्य बाहिर ल्याउन १५ दिन म्याद दिएको छ । सोहीअनुसार समितिले आजैबाट काम सुरु गर्ने बताइएको छ ।
प्रधानले भ्रष्टाचार भएको कुरा बाहिर ल्याएकै कारण आइतबार मात्रै महासङ्घका कोषाध्यक्षबाट राजीनामा दिनु परेको थियो । कृषि उद्यम केन्द्रको पैसामा महासङ्घका केही पदाधिकारीले रजाइँ गरेको समाचार प्रधानले बाहिर ल्याएपछि उनलाई राजीनामा गर्न बाध्य पारिएको थियो ।
‘यो छानबिन समितिले कुनै पनि रिजल्ट निकाल्न सक्दैन,’ एक सदस्यले भने, ‘सदस्यको संयोजकत्वमा बनेको समितिले कसरी पदाधिकारीलाई दोषी देखाउन सक्छ ?’ यो औपचारिकता पूरा गर्न मात्रै समिति बनाइएको हो ।